 
                             
                                            काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला दुई हजार बढेको हो।
बिहीबार प्रतितोला एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज चाँदीको मूल्य प्रतितोला २० बढेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला एक हजार आठ सय १० मा कारोबार हुनेछ।
                            प्रकाशित: १९ पुष  २०८१ ११:४९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 