नीतिगत भ्रष्टाचार गरेको बालेनको आरोप

हिमाल प्रेस १९ पुष २०८१ ७:०५
6
SHARES
नीतिगत भ्रष्टाचार गरेको बालेनको आरोप काठमाडौँ महानगरका मेयर बालेन शाह। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले बागमती प्रदेश सरकारले कर निर्धारणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन्। आर्थिक ऐनमा प्रदेश सरकारको नीतिगत चलखेलका कारण काठमाडौँ महानगरपालिकाको कर घटेको उनले भनाइ छ।

महानगरपालिकाको लेखापरीक्षण प्रवेश बैठकमा उनले प्रदेश आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको बताए।

क्यासिनो, स्काई वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने,‘पहिले आकासे सिसाको पुलमा पाँच प्रतिशत कर थियो। यसबाट महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो। अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ। यसबाट सोभै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ। पहिले क्यासिनोमा खर्च गरिएको रकमको पाँच प्रतिशत शुल्क थियो। अहिले प्रतिटिकटमा ५० रुपैयाँ तोकिएको छ।’ नयाँ पत्रिकामा खबर छ।

प्रकाशित: १९ पुष २०८१ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast