बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

हिमाल प्रेस १९ जेठ २०८३ ९:३४ | Tuesday, June 2, 2026
26
SHARES
बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मंगलबार दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी शाहले मन्त्रीपरिषद् बैठक आह्वान गरेका हुन्।

बैठकका एजेण्डा भने सार्वजनिक गरिएको छैन। गएको आइतबार प्रतिनिधिसभामा विपक्षी दलका सांसद्ले सोधका प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भनेर दिएको अभिव्यक्तिको यतिबेला चौतर्फी विरोध हुँदै आएको छ। उनको अभिव्यक्तिलाई लिएर संघीय संसद्का बैठक पनि प्रभावित हुँदै आएका छन्।

प्रकाशित: १९ जेठ २०८३ ९:३४ | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast