३७ लागे प्रधानमन्त्री बालेन

हिमाल प्रेस १४ वैशाख २०८३ ८:५० | Monday, April 27, 2026
14
SHARES
३७ लागे प्रधानमन्त्री बालेन

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आजदेखि ३७ वर्षमा प्रवेश गरेका छन्। २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका शाहको आइतबार आफ्नो जन्मदिन परेको छ ।

यस अवसरमा उनकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘सम्माननीयज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।’ बुबा रामनारायण  र आमा ध्रुवदेवीका कान्छा पुत्रका रूपमा जन्मिएका शाहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो। बालेन २०८२ चैत १३ गते प्रधानमन्त्री बनेका हुन्।

शाहले सरकारको नेतृत्व सम्हालेको एक महिना पूरा भइसकेको छ।

प्रकाशित: १४ वैशाख २०८३ ८:५० | Monday, April 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast