कांग्रेसको महाधिवेशन ०८४ को आम निर्वाचनपछि गर्दा उपयु्क्त हुन्छ : शशांक कोइराला

हिमाल प्रेस १६ पुष २०८१ १६:०७
12
SHARES
कांग्रेसको महाधिवेशन ०८४ को आम निर्वाचनपछि गर्दा उपयु्क्त हुन्छ :  शशांक कोइराला शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसको महाधिवेशन आमनिर्वाचनपछि गर्दा उपयुक्त हुने बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले आमनिर्वाचनको मुखमा महाधिवेशन गर्न उपयुक्त नहुने बताए।

‘विसं २०८४ मा आम निर्वाचन हुनेछ। त्यसको दुई वर्ष पहिले नै महाधिवेशन हुनुपर्ने हो। होइन भने निर्वाचनपछि गराउँदा उत्तम हुन्छ,’ उनले भने। निर्धारित समयमा अधिवेशन गराउँदा पार्टीभित्रको असन्तुष्टि हराएर जाने उनको तर्क छ। उनले निर्वाचनको मुखमा महाधिवेशन गराउँदा पार्टीभित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताए।

‘कोइराला परिवार एक होइन, विचार एक हुनुपर्‍यो। विचार एक भए हुन्छ,’ उनले भने।

महाधिवेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउने, पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नुपर्ने, भ्रातृ संस्थालाई दुरुस्त राख्ने र कसैलाई काखापाखा नगर्ने नेतृत्व आवश्यक रहेको बताए।

प्रकाशित: १६ पुष २०८१ १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast