नेपाललाई भेटेपछि गौतमले भने : नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ

हिमाल प्रेस १५ पुष २०८१ १६:५० | Monday, December 30, 2024
नेपाललाई भेटेपछि गौतमले भने : नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ

काठमाडौँ– पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन्। सोमबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र गौतमबीच भेट भएको हो।

भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताए। उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको जानकारी दिए। नेता गौतमले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताएका छन्।

उनले भने, ‘पुराना संस्मरणहरु पुनःजीवित गरियो। नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो र आजलाई स्थगित भयो। समाजवादी पार्टीमा आउने सम्भावना छँदैछ।’

प्रकाशित: १५ पुष २०८१ १६:५० | Monday, December 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast