भीम रावल एमालेबाट निस्कासित

हिमाल प्रेस १० पुष २०८१ १८:४० | Wednesday, December 25, 2024
भीम रावल एमालेबाट निस्कासित

काठमाडौँ- नेकपा एमाले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट निस्कासन गरेको छ।

बुधबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको हो।

त्यस्तै स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्लिसिनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ।

बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले रावललाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरेको जानकारी दिए। पार्टीको निर्देशन नमानेर पार्टी हितविपरित काम गर्दै आएका कारण रावललाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गर्ने निर्णय भएको उनले बताए।

पछिल्लो महाधिवेशनमा उनी केपी शर्मा ओलीका विरूद्ध अध्यक्षमा उम्मेदवारी दिएका थिए। अध्यक्षमा पराजित भएका उनलाई उपाध्यक्ष बन्न पार्टीपंक्तिले आग्रह गरेको थियो। तर, उनले उपाध्यक्षको प्रस्ताव अस्वीकार गरिदिएका थिए। रावलले सल्लाहकारको जिम्मेवारी निर्वाह गरेका थिएनन्। पार्टीले दिएको कुनै पनि जिम्मेवारी पूरा नगरेपछि उनलाई संगठित सदस्यबाट मुक्त गर्ने निर्णय पार्टीले गरेको ज्ञवालीले बताए।

पार्टी कार्यालय निर्माणका लागि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले जग्गा प्रदान गर्दा विरोधमा अभिव्यक्ति दिएको भन्दै स्थायी कमिटी सदस्य पाण्ड र केन्द्रीय सदस्य तिम्लिसिनालाई एमालेले ६ महिनाका लागि जिम्मेवारी मुक्त गरेको हो।

प्रकाशित: १० पुष २०८१ १८:४० | Wednesday, December 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast