 फाइल तस्बिर
                             फाइल तस्बिर
                                            काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सार्वजनिक बिदा कटौती गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सार्वजनिक बिदा बढी भएका कारण सेवाग्राही नागरिकलाई समस्या भएको बताएका हुन्।
उनले वर्षमा दुई महिना शनिबार मात्र पर्ने भएकाले सार्वजनिक बिदा कटौती गर्नुपर्ने बताए। प्रदेश र स्थानीय तहहरुले आ—आफ्नै ढंगले बिदा दिने प्रवृत्ति बढेको बताए। उनले कर्मचारीको लागि कार्यालय समयमा खाजा खानको लागि निश्चित समय छुट्याउनुपर्ने बताए। खाजा खाने बहानामा कर्मचारीहरु लामो समयसम्म कार्यालयमा नबस्दा सेवाग्राही मारमा पर्ने गरेको समेत उनले बताए।
‘बिदा धेरै भएका कारण पनि जनतालाई प्रभावकारी सेवा दिन सकिरहेको अवस्था छैन। कर्मचारीले काम गर्नुपर्यो कि परेन?,’ उनले भने, ‘वर्षमा दुई महिनाजति त शनिबारकै बिदा पर्छ नि। शनिबारको बिदा कटौति गर्ने विचार होइन। कर्मचारीले जनताका लागि काम गर्ने वातावरण सिर्जना गर्नुपर्यो नि। सेवाको लागि नागरिक कार्यालयमा जाँदा कर्मचारी हुँदैन।’
उनले कर्मचारीले ओहोदाअनुसारको परिचय पत्र अनिबार्य रुपमा लगाउने व्यवस्था गर्नुपर्ने बताए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 