अमरेश सिंहको प्रश्न-राज्यलाई पछाडि धकेल्ने काम त भइरहेको छैन?

हिमाल प्रेस २८ साउन २०८३ २०:०४ | Thursday, August 13, 2026
2
SHARE
अमरेश सिंहको प्रश्न-राज्यलाई पछाडि धकेल्ने काम त भइरहेको छैन? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले राज्यलाई पछाडि धकेल्ने काम त भइरहेको छैन भन्दै प्रश्न गरेका छन्।

देशभरका सार्वजनिक संस्थादेखि कर्मचारीको हुर्मत लिने काम भइरहेको भन्दै सांसद सिंहले राज्यलाई पछाडि धकेल्ने काम त भइरहेको छैन भन्ने प्रश्न गरेका हुन्।

उनले देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको आरोप लगाएका छन्। साथै सांसदहरूको वक्तव्यका कारण संसदकै बेइज्जती भइरहेको उनले उल्लेख गरेका छन्।

‘देशैभरका सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ,’ सांसद सिंहले सामाजिक सञ्जालमा लेखेका छन्,‘सांसदहरूको वक्तव्य यस्तो कि सम्मानित संसदकै बेइज्जती भइरहेको छ।’

उनले धडपकडका कारण व्यापारीहरू त्रसित रहेको जिकिर गरेका छन्। सिंहले सरकारको परराष्ट्र नीतिमाथि समेत प्रश्न गरेका छन्।

‘व्यापारीहरूको धडपकडले व्यापारीहरू त्रसित छन्। परराष्ट्र नीति झन यस्तो कि कसैले विश्वास गरिरहेको छैन,’ उनले भनेका छन्,‘के समृद्धि र सुशासनको रोडम्याप यही हो? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ? सोच्ने बेला भएको छैन?’

प्रकाशित: २८ साउन २०८३ २०:०४ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast