प्रधानसेनापति सिग्देल र भारतीय समकक्षीबीच शिष्टाचार भेट

हिमाल प्रेस २६ मंसिर २०८१ २१:२९ | Wednesday, December 11, 2024
प्रधानसेनापति सिग्देल र भारतीय समकक्षीबीच शिष्टाचार भेट

काठमाडौँ- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोकराज सिग्देलले आज (बुधबार) भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटघाट गरेका छन्।

साथै प्रधानसेनापतिले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, डिफेन्स स्टाफका प्रमुख जनरल अनिल चौहान, रक्षा सचिव र विदेश सचिवसँग पनि छुट्टाछुट्टै भेटघाट गरे।

आजै प्रधानसेनापति सिग्देलले भारतको नयाँ दिल्लीस्थित राष्ट्रिय समर स्मारकमा पुष्पगुच्छा चढाएर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेका थिए।प्रधानसेनापति सिग्देलको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

प्रकाशित: २६ मंसिर २०८१ २१:२९ | Wednesday, December 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast