सुरक्षा अधिकारीहरूलाई गृहको निर्देशन : आफूखुसी नेताहरू नभेट्नू

हिमाल प्रेस १४ पुष २०७९ १३:१८ | Thursday, December 29, 2022
सुरक्षा अधिकारीहरूलाई गृहको निर्देशन : आफूखुसी नेताहरू नभेट्नू

काठमाडौँ- गृह मन्त्रालयले सुरक्षाकर्मीहरूलाई राजनीतिक नेतृत्व र कूटनीतिक नियोगका प्रतिनिधिहरूसँग आफूखुसी नभेट्न निर्देशन दिएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभागीय स्वीकृति लिएर मात्रै भेट्न निर्देशन दिएको हो। स्वीकृतिबिना नेता र कूटनीतिक नियोगमा भेटघाट गर्नेलाई कारबाही हुने पनि मन्त्रालये जनाएको छ।

‘शान्ति सुरक्षा तथा अमनचयन कायम गर्ने प्रमुख जिम्मेवारी भएको सुरक्षा निकायका कतिपय पदाधिकारीहरू कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि विभिन्न कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्ने गरेको बुझिन आएको हुँदा सुरक्षाकर्मी पदाधिकारीहरूले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्ने पर्ने भएमा स्पष्ट प्रयोजन र विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १४ पुष २०७९ १३:१८ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast