चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा दर्जन बढी कामदार बेपत्ता

हिमाल प्रेस २० मंसिर २०८१ १३:१६
98
SHARES
चीनमा रेलमार्ग निर्माणस्थल भत्किँदा दर्जन बढी कामदार बेपत्ता

बेइजिङ- चीनको दक्षिणी सहर शेन्जेनमा रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएका छन्।

बाओआन जिल्ला विपत् व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘शेन्जेन-जियाङमेन रेलमार्ग निर्माणस्थलको एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक दर्जनभन्दा बढी कामदार सम्पर्कमा आउन सकेका छैनन्।’

बेपत्ताको खोजी कार्य बिहीबार बिहानदेखि जारी रहेको र दुर्घटनासम्बन्धमा अनुसन्धान भइरहेको स्थानीय अधिकारीले बताएका छन्। विपत् व्यवस्थापन विभागका अनुसार अधिकारीहरूले नजिकैका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्।

उद्धारकार्यका लागि घटनास्थल नजिकका प्रमुख द्रूत रेलमार्ग बन्द गरिएको छ। दक्षिण चीनको गुआङ्ग्डोङ प्रान्तको शेन्जेनदेखि जियाङमेन जोड्ने रेलमार्गको निर्माण सन् २०२२ मा सुरु भएको थियो।

कमजोर नियमन र फितलो सुरक्षा मापदण्डका कारण हुने औद्योगिक दुर्घटनालाई चीनमा सामान्यरूपमा लिने गरिएको छ।

प्रकाशित: २० मंसिर २०८१ १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast