कुन ठाउँको तापक्रम कति?

हिमाल प्रेस १४ पुष २०७९ ९:२६ | Thursday, December 29, 2022
कुन ठाउँको तापक्रम कति? काठमाडौँ उपत्यका।

काठमाडौँ- आज (बिहीबार) काठमाडौँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान पौने ९ बजे गरेको मापनअनुसार काठमाडौँको अधिकतम तापक्रम भने १७.४ डिग्री सेल्सियस छ।

काठमाडौँको आकाशमा अहिले घाम लागिरहेको छ। चिसो बढेसँगै देशभरको तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको छ।

महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम जुम्लामा छ। त्यहाँको न्यूनतम तापक्रम माइनस ५.१ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस छ।

त्यस्तै दीपायलको न्यूनतम तापक्रम ३.६, डडेल्धुराको ४.९, ताप्लेजुङको ४.६ डिग्री सेल्सियस छ।

प्रकाशित: १४ पुष २०७९ ९:२६ | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast