दक्षिण एसियाली ज्योतिष महासंघले गर्‍यो बैठक आह्वान

हिमाल प्रेस १४ पुष २०७९ ७:२० | Thursday, December 29, 2022
दक्षिण एसियाली ज्योतिष महासंघले गर्‍यो बैठक आह्वान

काठमाडौँ- दक्षिण एसियाका ज्योतिषको साझा संगठन दक्षिण एसियाली ज्योतिष महासंघले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

महासंघले यही पुस २५ गते राजधानी काठमाडौँमा बैठक आह्वान गरेको हो। नेपाल, भारत, बंगलादेशलगायत देशबाट केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी सहभागी हुने जनाइएको छ।

बैठकले विगतमा भए गरेका कार्यको समीक्षा गर्दै आगामी महाधिवेशको निर्णय गर्ने महासंघका महासचिव सुरेशप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ज्योतिष शास्त्रका विभिन्न मतान्तरमा एकरूपता ल्याउने, फरक–फरक देश र संस्कृतिबीच कार्य गरिरहेका ज्योतिषीको आपसी ज्ञान साटासाट गर्ने र वैदिक शास्त्रको महत्त्वलाई थप समयसापेक्ष बनाउन तालिम, अनुसन्धान तथा प्रशिक्षण गर्नेलगायत कार्य गरिरहेको संस्थाका सभापति लक्ष्मण आचार्यले बताए।

आगामी केन्द्रीय समितिको बैठकले नेपालमा रहेको केन्द्रीय कार्यालयलाई थप व्यवस्थित बनाउने र महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारी छ।

प्रकाशित: १४ पुष २०७९ ७:२० | Thursday, December 29, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast