महिन्द्रा कर्णाली याक्सको मुख्य प्रायोजक

हिमाल प्रेस १४ मंसिर २०८१ १३:२२ | Friday, November 29, 2024
महिन्द्रा कर्णाली याक्सको मुख्य प्रायोजक

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सलाई महिन्द्राले मुख्य प्रायोजनका रूपमा साथ दिने भएको छ। कर्णालीको स्वामित्व रहेको हिमालयन बिल्डर्स प्रालि र महिन्द्रा अग्नी ग्रुपबीच शुक्रबार सम्झौता भयाे। कर्णालीका मालिक झनकदत्त खनाल र महिन्द्रा अग्नी ग्रुपकी उपाध्यक्ष वेदा सताषा श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता कार्यक्रममा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्सका सह-मालिक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एण्ड डेभलपमेन्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्मिमा खड्का, योङ्गेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्की र खेलाडीको उपस्थित थियो।

कर्णालीको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन्। यसैगरी टोलीले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको छ। नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपिएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। लिगमा कर्णालीसँगै सुदूरपश्चिम रोयल्स पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स र लुम्बिनी लयान्सले प्रतिस्पर्धा गर्नेछन्।

कर्णालीले मंसिर १७ गते जनकपुरसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यसैगरी कर्णाली याक्सको स्टेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम-११ सँग पनि सम्झौता गरेको छ। कार्यक्रममा टेन प्लास्टका अध्यक्ष धिरज अग्रवाल र ड्रिम ११ का सिइओ अनिल रिजालको उपस्थित थियो।

प्रकाशित: १४ मंसिर २०८१ १३:२२ | Friday, November 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast