वैदेशिक ऋण अहिले नेपालको हितमा छैन : नेता साउद

हिमाल प्रेस १३ मंसिर २०८१ २०:५७ | Thursday, November 28, 2024
वैदेशिक ऋण अहिले नेपालको हितमा छैन : नेता साउद

बैतडी– नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले अहिलेको अवस्थामा वैदेशिक ऋण लिनु देशको हितमा नहुने बताएका छन्।

बैतडीको पाटनमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले नेपालको ऋण लिने सक्ने सामथ्र्य नरहेकाले सरकारले अनुदान मात्रै लिनुपर्ने बताए।

चिनियाँ परियोजना बीआरआईको विषयमा आफ्नो धारणा राख्दै उनले छिमेकी देशबाट सहयोग र अनुदान लिन सकिने तर ऋण लिने पक्षमा सरकार नरहेको बताए।

‘नेपालको अर्थतन्त्रले दबाब र चापमा काम गरिरहेको परिस्थितिमा थप ऋण लिन हुँदैन। ऋण लिन सक्ने नेपालको सामथ्र्य नभएकाले छिमेकी राष्ट्रहरुबाट हाम्रो प्राथमिकताको पक्ष अनुदान र सहयोग हो, हामी ऋण थप्ने पक्षमा छैनौँ,’ नेता साउदले भने।

आसन्न उपनिर्वाचनमार्फत जनताले सरकारबाट पाएको सेवा सुविधाको मूल्याङ्कन गर्ने उनले बताए। गत आमनिर्वाचनमा बागी उम्मेदवार उठेका नेताहरुको कारबाही फकुवा गर्नेबारे केन्द्रमा छलफल चलिरहेको नेता साउदले जानकारी दिए।

प्रकाशित: १३ मंसिर २०८१ २०:५७ | Thursday, November 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast