तलबभत्ता नपाएपछि डाक्टरले सामुहिक राजीनामा दिए, सेवा प्रभावित

हिमाल प्रेस ९ मंसिर २०८१ ९:२५
14
SHARES
तलबभत्ता नपाएपछि डाक्टरले सामुहिक राजीनामा दिए, सेवा प्रभावित प्रतिनिधिमूलक तस्बिर

महोत्तरी- चिकित्सक अभावमा यहाँस्थित प्रादेशिक अस्पतालको सेवा प्रभावित भएको छ। तीनजना डाक्टरले सामुहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको हो।

तलबभत्तालगायत सुविधा नपाएकाले आफूहरूले सामूहिक राजीनामा गरेको अर्थोपेडिक डा. सरोज भगतले बताए। अस्पताल व्यवस्थापन समितिले ती विशेषज्ञ चिकित्सकलाई बेवास्ता गरेको स्थानीयको आरोप छ।

उक्त अस्पतालमा दैनिक दुई सय बिरामी आउने गरेका छन्। विशेषज्ञ डाक्टर नहुँदा आफूहरू प्रभावित भएको जलेश्वर–२ का अनिलकुमार साहले बताए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रभातकुमार गामीले तीन जना डाक्टरको राजीनामापछि सेवा प्रभावित भएको स्वीकार गर्दै समस्या सामाधानतर्फ आफू लागेको बताए।

उनले अस्पताल व्यस्थापन समिति, मधेश सरकार र स्वास्थ्य मन्त्रालयसँग निरन्तर छलफल भइरहेको बताए। साथै उनले राजीनामा गरेका डाक्टरलाई हाललाई असारसम्मको तलबभत्ता लिएर काममा फर्कन तथा बाँकी रकम पनि यथाशक्य चाँडो व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताए।

प्रकाशित: ९ मंसिर २०८१ ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast