भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी दिइँदै

हिमाल प्रेस ६ मंसिर २०८१ १०:२७ | Thursday, November 21, 2024
भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी दिइँदै भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी

काठमाडौँ- नेपाल र भारतका सैनिकबीच पारस्परिक साझेदारी तथा हितमा केन्द्रित रहेर आज द्विदेशीय औपचारिक वार्ता हुँदैछ।

पाँचदिने औपचारिक भ्रमणका क्रममा बुधबार अपराह्न यहाँ आएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी र प्रधानसेनापति अशोकराज सिग्देलबीच जंगी अड्डामा द्विपक्षीय वार्ता हुने सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले बताए।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ। गत १६ असारमा सेनाध्यक्ष नियुक्त भएका द्विवेदीको यो पहिलो औपचारिक नेपाल भ्रमण हो। भोलि शुक्रबार प्रधानमन्त्री केपी ओली र रक्षामन्त्री मानवीर राईसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

सन् १९५० देखि नेपाल र भारतबीच एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ।खुला सिमाना, समान धार्मिक, सांस्कृति एवं भूगोलले शताब्दीदेखि दुई मुलुकबीचको सम्बन्धलाई अझ सुमधुर तुल्याएको छ।

प्रकाशित: ६ मंसिर २०८१ १०:२७ | Thursday, November 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast