सहकारीपीडितको आन्दोलनमा रास्वपाको ऐक्यबद्धता

हिमाल प्रेस ४ मंसिर २०८१ १६:१६ | Tuesday, November 19, 2024
सहकारीपीडितको आन्दोलनमा रास्वपाको ऐक्यबद्धता रास्वपा कार्यवहाक प्रवक्ता मनीष झा

काठमाडौँ- मंसिर ५ गतेदेखि सहकारी पीडितहरूले गर्ने काठमाडौँ केन्द्रित आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐक्यबद्धता जनाएको छ। मंगलबार कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता रहेको जनाएका हुन्।

रास्वपाले बचतकर्ताहरुको रकम फिर्ता गराउने उद्देश्यसाथ राखिएको अभियानमा गैरदलीय पहिचानसहित शान्तिपूर्ण सहभागिताका लागि पार्टीका शुभेच्छुक एवं समस्त आम नागरिकहरूमा आग्रह समेत गरेको छ।

‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ नामबाट सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्दैछन्। फितलो कानुन, भएको कानुनको इमान्दार कार्यान्वयन नहुनु र पटकपटक बचतकर्तालाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नाले सहकारी समस्याको समाधान नभएको रास्वपाले बताउँदै आएको छ।

प्रकाशित: ४ मंसिर २०८१ १६:१६ | Tuesday, November 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast