सरकारले प्रतिपक्षको कुरा सुन्नुपर्छ भन्ने मान्यता स्थापित गर्ने नेता थिए दमन ढुंगाना : झलनाथ खनाल

हिमाल प्रेस ३ मंसिर २०८१ १०:०४ | Monday, November 18, 2024
सरकारले प्रतिपक्षको कुरा सुन्नुपर्छ भन्ने मान्यता स्थापित गर्ने नेता थिए दमन ढुंगाना : झलनाथ खनाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

नेता खनालले जारी गरेका विज्ञप्तिमा ढुंगानाले लोकतन्त्रको स्थापना, मानव अधिकारको रक्षा, शान्ति प्रक्रियामा निर्वाह गरेको भूमिकाको स्मरण गरिएको छ।

पूर्वप्रधानमन्त्री खनालले संसदीय अभ्यासलाई सबल बनाउन संसद् प्रतिपक्षको, सरकारले प्रतिपक्षको कुरा सुन्नुपर्छ भन्ने मान्यता स्थापित गरेका ढुंगानाको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरे।

उनले विसं २०४७ को संविधान निर्माणमा क्रममा संविधान सुझाव आयोगका सदस्यको भूमिका निर्वाह गरेका ढुंगानाले शान्ति स्थापनामा पनि पुर्याएको योगदानको स्मरण गरे।

ढुंगानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो।

मानव अधिकारकर्मी तथा नागरिक समाजका अगुवा ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए। उनको आज अन्त्येष्टि गरिने जनाइएको छ।

प्रकाशित: ३ मंसिर २०८१ १०:०४ | Monday, November 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast