धार्मिक विद्यालयमा शिक्षक नपाइने समस्या समाधान गरिनेछ : मन्त्री भण्डारी

हिमाल प्रेस २४ कार्तिक २०८१ १२:२७
12
SHARES
धार्मिक विद्यालयमा शिक्षक नपाइने समस्या समाधान गरिनेछ : मन्त्री भण्डारी

सुर्खेत- कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले कर्णालीका धार्मिक विद्यालयहरूमा विधागत शिक्षक नपाइने समस्या समाधान गरिने बताएका छन्।

शनिबार डोल्पाको दुनैमा रहेको डोल्पा बोन समाजद्वारा संचालित डोल्पो बोन विद्यालयको अनुगमनमा पुगेका मन्त्री भण्डारीले गुरुकुल, मदरसा, गुम्बा लगायतका धार्मिक विद्यालयमा विधागत शिक्षक अभाव भइरहेको बताए।

प्रदेश सरकारले त्यस किसिमको शिक्षक अभाव हुन नदिन अध्ययन भइरहेको र केही दिनमै कार्ययोजना सार्वजनिक भाई कार्यान्वयनमा आउने बताए।

धार्मिक विद्यालय सरकारको संरचना नभएको अवस्थामा विकासका हिसाबले पछि परेको दृष्टान्त प्रस्तुत गरे। विद्यालयका लागि आवश्यक पूर्वाधार विकास र शैक्षिक सुधारका लागि आगामी बन्ने नीति तथा कार्यक्रममा समेटिने प्रतिवद्धता जनाए।

भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले दुई ठूला दलहरुको सहकार्यबाट समृद्धिको यात्रा तय गरिएको दाबी गरे। बोन विद्यालयले गरेको प्रगतिको प्रशंसा गर्दै व्यक्तिगत योगदान बाट संचालन गरिएको यो धार्मिक विद्यालयले सरकारलाई चुनौती दिइरहेको बताए।

आगामी दिनमा विद्यालयको भौतिक संरचना निर्माणका लागि पहल गरिने प्रतिवद्धता जनाए।

डोल्पा बोन समाजको अध्यक्ष मुरी निग्मा कुनक्याप रोकायाले आफूले सहयोग जुटाएर स्थापना गरेको विद्यालयमा अहिले सरकारी लगानी बढ्न थालेको बताए। संस्था दर्ता ऐन अन्तर्गत गैरसरकारी तथा गैरनाफामुलक धार्मिक विद्यालय सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार अहिले ७ कक्षा सम्म पढाइ हुने गरेको छ।

प्रकाशित: २४ कार्तिक २०८१ १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast