मितेरी सहकारी ठगी प्रकरण : ज्योति र ज्योतिबहादुरविरुद्ध रेड नोटिस जारी

हिमाल प्रेस २३ कार्तिक २०८१ १६:४४
14
SHARES
मितेरी सहकारी ठगी प्रकरण : ज्योति र ज्योतिबहादुरविरुद्ध रेड नोटिस जारी

काठमाडौँ- सहकारी ठगी प्रकरणमा मुछिएका थप दुई व्यक्तिविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्ट्रपोलबाट रेड नोटिस जारी भएको छ।

ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा मुछिएका ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध रेड नोटिस जारी भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले जानकारी दिए। उनीहरूविरुद्ध कात्तिक १३ गते नै रेड नोटिस जारी भएको उनको भनाइ छ।

मितेरी सहकारीको ६ करोड बढी रकम ज्योति गुरुङ र तीन करोड ४४ लाख रुपैयाँ ज्योतिबहादुर भण्डारीले अपचलन गरेको आरोप छ। यसबारे उजुरी परेसँगै प्रहरीले अनुसन्धान थालेको हो।

अनुसन्धानका क्रममा उनीहरू दुवै जना नेपालमा नरहेको खुलेपछि प्रहरीले इन्टरपोललाई रेड नोटिस जारी गर्नका लागि पत्राचार गरेको थियो। ज्योति गुरुङ नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङकी पूर्वश्रीमती हुन्। धनराजको पनि यस प्रकरणमा नाम जोडिँदै आएको छ। कांग्रेस उपसभापति धनराज र उनकी श्रीमती ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिसकेका छन्। सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए।

योबीचमा धनराजले आफूले सहकारीबाट ऋण लिएको तर तिरिसकेको पनि बताएका छन्। धनराजले ऋण भने व्यवसायी मीनबहादुर गुरुङले तिरिदिएको पनि खुलेको छ। धनराजले मीनबहादुरसँग पनि ऋण नै लिएको बताउँदै आएका छन्। मीनबहादुर हालै नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन जग्गा दान गर्ने व्यक्ति हुन्। उनी भाटभटेनी सुपरमार्केटका सञ्चालक पनि हुन्।

ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र

प्रकाशित: २३ कार्तिक २०८१ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast