काठमाडौँ- नेपाली कांग्रेसले दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा झलकबहादुर भण्डारीको नाम टुंगो लगाएको छ। आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि भण्डारीको नाम टुंगो लगाएको कांग्रेस दैलेख सभापति मणिराम रेग्मीले जानकारी दिए।
आकांक्षी धेरै भएपछि जिल्ला संसदीय समितिको बिहीबारको बैठकले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। यहाँ अध्यक्षका लागि १५ जना आकांक्षी थिए। १३ जना पुरूष र दुई जना महिलासहित १५ जनाकै नाम क्षेत्रीय समितिबाट सिफारिस भएको थियो।
२०७९ माघ २७ गते महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमण गुरूङको निधन भएको थियो। उनी कांग्रेसबाट उम्मेदवार बनेर अध्यक्षमा निर्वाचित भएका थिए।
ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार बलराम सरदार
प्रकाशित: २२ कार्तिक २०८१ १८:०५
प्रतिक्रिया