ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार बलराम सरदार

हिमाल प्रेस २२ कार्तिक २०८१ १७:२५
10
SHARES
ग्रामथान गाउँपालिकाको अध्यक्षमा कांग्रेसको उम्मेदवार बलराम सरदार

काठमाडौँ- नेपाली कांग्रेसले मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार टुंगो लगाएको छ। आज बिहीबार बसेको कांग्रेस मोरङ संसदीय समितिको बैठकले बलराम सरदारलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

आकांक्षी १३ जना भएपछि कांग्रेसले जिल्ला सभापति डिगबहादुर लिम्बूको संयोजकत्वमा १३ सदस्यीय संसदीय समिति बनाएको थियो। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार ग्रामथानको अध्यक्ष निर्वाचिन भएका थिए। गत असार ३ गते उनको निधन भएको थियो।

यहाँ माओवादी केन्द्रले कांग्रेस परित्याग गरेका नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेकव छ। एमालेले भने अझै उम्मेदवारको टुंगो लगाइसकेको छैन। कांग्रेसले देशका विभिन्न स्थानीय तहमा हुने उपनिर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्माको नेतृत्वमा उपनिर्वाचन परिचालन समितिसमेत बनाइसकेको छ।

प्रकाशित: २२ कार्तिक २०८१ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 4 =