साफ महिला फुटबलमा नेपाल : फाइनलमा भारतसँग चार र बंगलादेशसँग दुईपटक पराजित

हिमाल प्रेस १४ कार्तिक २०८१ २२:१७ | Wednesday, October 30, 2024
साफ महिला फुटबलमा नेपाल : फाइनलमा भारतसँग चार र बंगलादेशसँग दुईपटक पराजित काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा उपविजेता नेपाली खेलाडी सामूहिक तस्बिरमा। तस्बिर : रासस

काठमाडौँ- साफ महिला च्यान्पियनसिपको सातौँ संस्करणसम्म आइपुग्दा नेपाल उपविजेतामै सीमित बनेको छ। हालसम्म साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग चार र बंगलादेशसँग दुई पटक पराजित भएको छ।

दशरथ रंगशालामा बुधबार साँझ भएको खेलमा नेपाललाई पराजित गर्दै बंगलादेशले साफ महिला च्याम्पियनसिप-२०२४ को उपाधि जितेको हो। फाइनल खेलमा बंगलादेशले नेपाललाई २-१ गोलअन्तरले हराउँदै उपाधि जितेको छ। यससँगै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिप उपाधि जितेको छ। घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बंगलादेशले नेपाललाई ३-१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो।

बुधबार निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पहिलो अग्रता बंगलादेशले लिएको थियो। खेलको ५२औँ मिनेटमा बंगलादेशकी खेलाडी मोनिका चक्माले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन्। खेलको ५६ औँ मिनेटमा नेपालकी अमिशा कार्कीले गोल गर्दै खेललाई १-१ गोलको बराबरी ल्याइन्।

८१औँ मिनेटमा बंगलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै अग्रता दोब्बर बनाएकी थिइन्। त्यही गोल निर्णायक बनेको थियो।

बंगलादेशले दशरथ रंगशालामा सन् २०२२ मा पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको थियो। त्यतिबेला नेपाल ३-१ गोल अन्तरले निराश बनेको थियो। साफ च्याम्पिनसिपमा नेपालको यो छैटौं फाइनल हार हो।

प्रकाशित: १४ कार्तिक २०८१ २२:१७ | Wednesday, October 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast