भ्रष्टाचारको गहिराइसम्म पुग्न समस्या भएको छ : प्रमुख आयुक्त राई

हिमाल प्रेस १२ कार्तिक २०८१ १६:२१ | Monday, October 28, 2024
भ्रष्टाचारको गहिराइसम्म पुग्न समस्या भएको छ : प्रमुख आयुक्त राई

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अनुचित विषयमा अनुसन्धान गर्न नपाउँदा भ्रष्टाचारको गहिराइमा पुग्न समस्या भएको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयकको छलफलका क्रममा राईले अनुचित लेनदेनमा विभागीय कारबाही गर्न निर्देशनसमेत दिन नपाइने व्यवस्थाले भ्रष्टाचारको गहिराइमा पुग्न समस्या भएको बताएका हुन्।

भ्रष्टाचार देखिने अनुचित विषयमा अख्तियारले अनुसन्धान गर्न पाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने उनले बताए।  प्रमुख आयुक्त राईले २०४९ मा निजामती सेवा ऐन जारी भएयता सय जना कर्मचारीलाई पनि विभागीय कारबाही हुन नसकेको धारणा राखे। कर्मचारीलाई कारबाही गर्न खोज्दा पनि कार्यालय प्रमुखले ट्रेड युनियनको दबाब झेल्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।

उनले स्थानीय निकायमा संविधानले निर्दिष्ट गरेको अधिकार विपरीतको काम हुँदा जनताले धेरै नै दु:ख पाएको भन्दै त्यस्ता उजुरीहरू अख्तियारमा धेरै प्राप्त भएको जिकिर गरे।

प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रण गर्ने भूमिका अख्तियारको मात्रै नभइ समाजको पनि भएको भन्ने सन्देश दिन जरुरी रहेको बताए। भ्रष्टाचार निवारणका लागी भएका कानुनको पनि सवैले पालना गर्नुपर्ने उनको भनाइ छ।

प्रकाशित: १२ कार्तिक २०८१ १६:२१ | Monday, October 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast