साफ महिला च्याम्पियनसिप : फाइनल पुग्न भारतलाई हराउने लक्ष्यमा नेपाल

हिमाल प्रेस ११ कार्तिक २०८१ ७:३९ | Sunday, October 27, 2024
साफ महिला च्याम्पियनसिप : फाइनल पुग्न भारतलाई हराउने लक्ष्यमा नेपाल

काठमाडौँ- साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपाली टोलीले चिरपरिचित भारतसँग भिड्दैछ। यो खेल आज राति साढे ६ बजे दशरथ रंगशालामा हुनेछ।

घरेलु टिम नेपाल र भारत लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन्। पछिल्ला संस्करणमा नेपालले भारतलाई हराएर साफ महिला च्याम्पियनसिपको फाइनल खेलेको थियो।

जुन भारतविरुद्ध नेपालको पहिलो जित थियो। त्यसपछि नेपालले भारतविरुद्ध लगातार सानदार प्रदर्शन गर्दै आएको छ। पछिल्ला तीन खेलमा भारतसँग नेपाल हारेको छैन। समग्रमा भने नेपालमाथि भारत हाबी छ। यी दुईबिच भएका कुल १७ भिडन्तमा भारतले ११ र नेपालले दुई खेलमा जित हात पारेका छन्।

साफमै चार पटक फाइनल र एक पटक सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको छ। पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएको नेपाल बाँकीका दुई खेलमा तुलनात्मक रूपमा कमजोर मानिएका माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले हराएर समूह ‘बी’ विजेता बनेको हो।

पहिलो सेमिफाइनल साविक विजेता बंगलादेश र भुटानबीच दिउँसो साढे १ बजे सुरु हुनेछ ।

प्रकाशित: ११ कार्तिक २०८१ ७:३९ | Sunday, October 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast