कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरणको प्रस्ताव

हिमाल प्रेस ६ कार्तिक २०८१ ११:१२ | Tuesday, October 22, 2024
कोरिया र मलेसियासँग श्रम सम्झौता नवीकरणको प्रस्ताव

काठमाडौंँ- सरकारले दक्षिण कोरिया (ईपीएस) र मलेसियासँगको द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्ने भएको छ। यसका लागि दुवै देशलाई श्रम नवीकरण गर्ने ड्राफटसँगै पत्राचार गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

मलेसियासँगको श्रम सम्झौतालाई अन्तिमरूप दिई परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकार समक्ष पत्राचार गरेपनि त्यहाँबाट जवाफ आउने बाँकी रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौलाले जानकारी दिए।

उनका अनुसार कोरिया ईपीएस नवीकरणका लागि रोजगार व्यवस्थापन महाशाखाले छलफल गरिरहेको छ। कोरिया र मलेसियासँग एक–दुई महिनामा श्रम सम्झौता नवीकरण हुने उनले बताए। ‘मलेसियासँग २०७५ सालमा श्रम सम्झौता भएको थियो। हाल मलेसियाको रोजगारी बन्द छ। भने कोरियासँग २०१८ मा श्रम सम्झौता नवीकरण भएको थियो।’ उनले भने।

मलेसियासँग चार बर्ष र कोरियासँग दुई बर्षभित्र श्रम सम्झौता नवीकरण गर्ने व्यवस्था छ। कोरियासँग श्रम सम्झौताको समय २०२० मा सकिएको थियो। भने मलेसियासँग २०७९ सालमा सकिएको थियो। दुवै देशमा कामदार भने गइरहेका छन्। मलेसिया कामदार म्यानपावर कम्पनीले पठाउँदै आएका छन्। कोरिया भने सरकारले नै कामदार पठाउँदै आएको छ।

कोरिया चालु आर्थिक बर्षको तीन महिनामा तीन हजारभन्दा बढी कामदार इपीएसमार्फत गएका छन्। भने मलेसिया चालु आर्थिक बर्षको तीन महिनामा ५० जना मात्र कामदार गएको वैदेशिक रोजगार विभागको तथ्यांकमा छ। मलेसियाको रोजगारी गत मार्चदेखि बन्द छ। सरकारले अहिलेसम्म मलेसियाको रोजगारी खुलाउन कूटनीतिक छलफल नगरेको म्यानपावर व्यवसायीको आरोप छ।

प्रकाशित: ६ कार्तिक २०८१ ११:१२ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast