पोखरा एभेन्जर्सले जित्यो टस

हिमाल प्रेस १५ कार्तिक २०८३ १६:४६ | Sunday, November 1, 2026
पोखरा एभेन्जर्सले जित्यो टस

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले टस जितेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर फिल्डिङ रोजेपछि जनकपुर बोल्ट्सले पहिले ब्याटिङ गर्ने भएको हो।

एनपीएलमा दोस्रो खेल खेल्न लागेको पोखरा पहिलो जितको खोजीमा छ। पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको हो।

जनकपुर भने दोस्रो जितको खोजीमा छ। एक खेलमा जित र एक खेलमा हार भोगेको जनकपुर तालिकाका २ अंक थप्न चाहन्छ।

जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। दोस्रो खेलमा भने काठमाडौँलाई ८ विकेटले हराएको थियो।

प्रकाशित: १५ कार्तिक २०८३ १६:४६ | Sunday, November 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast