भुटानले श्रीलङ्कालाई हरायो

हिमाल प्रेस ५ कार्तिक २०८१ १७:१९ | Monday, October 21, 2024
भुटानले श्रीलङ्कालाई हरायो

काठमाडौँ– श्रीलंकालाई हराउँदै भूटान साफ महिला च्याम्पियनसिप, २०२४ अन्तर्गत समूह ‘बी’को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमाबर भएको खेलमा भूटानले श्रीलंकालाई ४–१ गोलअन्तरले पराजित गर्दै समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको हो। जितसँगै भूटानले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा भूटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो।

खेल सुरुआती सातौं मिनेटमा भूटानकी डेकी ल्जोहामले गोल गर्दै पहिलो अग्रता दिलाइन। त्यस्तै खेलको २३औं मिनेटमा श्रीलंकाकी कप्तान थुशानी मधुशिकाले गोल गर्दै खेल एक–एक गोलको बराबरीमा ल्याइन्।

त्यसपछि खेलको ३२औँ मिनेटमा भूटानकी दोर्जी एडेनले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाइन्। खेलको ७६औँ मिनेटमा डेकीले व्यक्तिगत दोस्रो गोल गर्दै भूटानलाई ३–१ को अग्रता दिलाइन्। डेकीले गोल गरे लगत्तै नामग्याल डेमाले गोल गर्दै भूटानलाई ४–१ गोलको जित दिलाइन्।

समूह ‘बी’मा रहेको नेपालले आज माल्दिभ्ससँग खेल्दैछ। उक्त खेल साँझ ५ः३० बजे हुनेछ।

प्रकाशित: ५ कार्तिक २०८१ १७:१९ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast