काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अदालतले अनुमति दिएको विषयमा भइरहेको अनुसन्धानलाई प्रभावित पार्ने काम उचित नभएको जिकिर गरेका छन्।
शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेपछि महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। ‘अदालतले समेत अनुमति दिएको विषयको अनुसन्धानलाई नै प्रभावित गर्ने काम उचित होइन,’ उनले भनेका छन्।
साथै, सहकारी प्रकरणमा आरोपित भएका एमाले सम्बद्ध कार्यकर्ताहरू देवकुमारी नेपाली (बागलुङ) र केपी उप्रेती (काठमाडौँ) लाई जिम्मेवारीबाट हटाएर एमालेले प्रक्रियामा सहयोग गरेको बताएका छन्।
प्रकाशित: ३ कार्तिक २०८१ ६:२३ | Saturday, October 19, 2024
प्रतिक्रिया




