महिला साफ च्याम्पियनसिप फुटबल : श्रीलंकासँग माल्दिभ्स पराजित

हिमाल प्रेस २ कार्तिक २०८१ १६:२२ | Friday, October 18, 2024
महिला साफ च्याम्पियनसिप फुटबल : श्रीलंकासँग माल्दिभ्स पराजित

काठमाडौँ– साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलंकाले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह ‘बी’ अन्तर्गतको पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गर्‍यो।

श्रीलंकाका लागि इमिशा अनुराधिनीले १८औँ मिनेटमा गरेको गोल नै श्रीलंकाको जितका लागि पर्याप्त भयो। जितसँगै श्रीलंकाले तीन अंक बटुलेको छ।

यही समूहमा रहेको नेपालले आज साँझ भुटानको सामना गर्दैछ।

प्रकाशित: २ कार्तिक २०८१ १६:२२ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast