नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

हिमाल प्रेस २ कार्तिक २०८१ ७:४५
8
SHARES
नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

काठमाडौं- नेपालले घरेलु टोली अमेरिकालाई पहिलो ट्वान्टी २० मा एक सय ६५ रनको लक्ष्य प्रस्तुत गरेको छ।अमेरिकाका डलासमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ६४ रन बनायो।

नेपालको लागि कप्तान रोहितकुमार पौडेलले ३३ बलमा सर्वाधिक ४९ रन बनाए। दीपेन्द्रसिंह ऐरीले २८, तथा ओपनरद्वय अनिल शाह र आसिफ शेखले समान २७ रन बनाएका थिए। गुल्शन झाले ११ र कुशल भुर्तेलले १० रन बनाउँदा करण केसी र आरिफ शेख गोल्डेन डकआउट भएका थिए।

अमेरिकाको लागि सौरभ नेत्राभाल्कर, जसदीप सिंह र हर्मित सिंहले समान दुई विकेट लिए।

अमेरिका र नेपालबीच तीन ट्वान्टी २० खेल आयोजना हुँनेछन्। त्यसपछि दुबै टोली आईसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा सहभागी हुनेछन्। लिग २ को शृंखलामा नेपाल र अमेरिकासहित साविक च्याम्पियन स्कटल्यान्ड हुनेछ।

प्रकाशित: २ कार्तिक २०८१ ७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 9 =