कर छलेर ल्याइएका सामान बरामद

हिमाल प्रेस ३० असोज २०८१ ११:५४ | Wednesday, October 16, 2024
कर छलेर ल्याइएका सामान बरामद वीरगन्ज नाका

वीरगञ्ज- सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। बरामद गरिएका सामानमा मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज छन्। सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको जानकारी दिए।

यसअघि यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार आठ सय रुपैयाँ बराबरका कपडा बरामद गरिएको थियो।

प्रकाशित: ३० असोज २०८१ ११:५४ | Wednesday, October 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast