सय रूपैयाँको सामानमा भन्सार लिने सरकारको कदम अदूरदर्शी : ठाकुर

हिमाल प्रेस ५ वैशाख २०८३ १५:०६ | Saturday, April 18, 2026
28
SHARES
सय रूपैयाँको सामानमा भन्सार लिने सरकारको कदम अदूरदर्शी : ठाकुर

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले तराई–मधेशको सीमावर्ती क्षेत्रमा लागू गरेको भन्सार नीतिको विरोध गरेको छ।

सय रूपैयाँभन्दा बढी मूल्य बराबरको सामानमा अनिवार्य भन्सार तिर्न सरकारले लागू गरेको नीतिको जसपा नेपालले विरोध गरेको हो।

जसपा नेपालका संरक्षक महन्थ ठाकुरले मधेश र सडकमार्गबाट भारत आवतजावत गर्ने व्यक्तिहरूलाई मात्र लक्षित गरेर सरकारले यो नीति लागू गरेको आरोप लगाएका छन्। उनले यो नीतिमाथि पुनर्विचार गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन्।

‘वर्तमान सरकारको तराई–मधेशको सीमानासँग जोडिएको क्षेत्रमा सय रुपैयाँसम्मको सामानमात्र भन्सार नतिरी ल्याउने प्रावधानबाट सर्वसाधारण नागरिकप्रति ज्यादती भएको छ। मधेश र भारत सडकमार्गबाट आवतजावत गर्ने व्यक्तिहरूलाई मात्र लक्षित गरिएको यो अदूरदर्शी कदममाथि पुनर्विचार गरियास्,’ ठाकुरले विज्ञप्ति निकालेर भनेका छन्।

सरकारको यो नीतिले नागरिकको दैनिक जीवनयापनसँग सम्बन्धित विषयमा कठिनाइ उत्पन्न गर्नुका साथै सामाजिक, सांस्कृतिक तथा धार्मिक सम्बन्धमा असर पार्ने उनले बताएका छन्।

संरक्षक ठाकुरले यसखाले कानुनी व्यवस्थाहरू यथाशीघ्र खारेज गरेर विगतकै अवस्था कायम गर्न सरकारसँग माग गरेका छन्। उनले नेपाल–भारत सीमा क्षेत्रका सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउन जोड दिएका छन्।

प्रकाशित: ५ वैशाख २०८३ १५:०६ | Saturday, April 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast