सीमाबाट ल्याइने सामानमा चाँडै सहजीकरण हुन्छ : महामन्त्री बुर्लाकोटी

हिमाल प्रेस ६ वैशाख २०८३ २०:२६ | Sunday, April 19, 2026
20
SHARES
सीमाबाट ल्याइने सामानमा चाँडै सहजीकरण हुन्छ : महामन्त्री बुर्लाकोटी रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सय रूपैयाँभन्दा बढीका सामानमा भन्सार शुल्क लिने विषयमा चाँडै सहजीकरण हुने बताएका छन्।

आइतबार केन्द्रीय पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

सीमापारीबाट हुने तस्करी नियन्त्रणका क्रममा सय रूपैयाँभन्दा बढीका सामानमा पनि भन्सार लिने कार्य भएको हुनसक्ने उनले बताए।

महामन्त्री बुर्लाकोटीले पछिल्लो समय देखिएको यो समस्या समाधान गर्न उच्च तहमै छलफल भइरहेको जानकारी दिए।

‘कानुनले त सीमापारीबाट ल्याएको सामानमा भन्सार लाग्छ भनेर भन्छ, तर व्यावहारमा घरायसी सामानमा छुट दिने भन्ने हो,’ उनले भने,‘अहिले चोरी पैठारी रोक्ने निर्देशन छ, निर्देशन पालनाका क्रममा यस्तो भएको हो।’

एकै दिनमा दशौँपटक सीमापारी गएर सामान ल्याउने गतिविधिलाई नियन्त्रण गर्न खोजिएको बताउँदै बुर्लाकोटीले यो नियन्त्रणका लागि काम गर्न खोज्दा अरू सामान लिएर आउने पनि परेको देखिएको उल्लेख गरे।

उनले यो विषयमा उच्च तहमा छलफलहरू भएको र चाँडै सामाधान आउने जानकारी दिए।

‘यो विषयमा उच्च तहमा छलफलहरू भएको छ, मलाई लाग्छ छिट्टै नै आफ्नै घरायसी प्रयोजनका लागि सामान ल्याउनका लागि सहजीकरण हुन्छ,’ बुर्लाकोटीले भने।

प्रकाशित: ६ वैशाख २०८३ २०:२६ | Sunday, April 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast