जनप्रतिनिधिको भत्ता रकम विकास-निर्माणमा

हिमाल प्रेस २९ असोज २०८१ १६:५७ | Tuesday, October 15, 2024
जनप्रतिनिधिको भत्ता रकम विकास-निर्माणमा

तनहुँ- बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास-निर्माणका काममा खर्च गरेका छन्। पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन्।
विसं २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक भत्ता नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

‘हामीले कार्यपालिकाबाट निर्णय गरेका छैनौँ,’ उनले भने, ‘निर्णय नगरे पनि हामीले आजसम्म कुनै भत्ता लिएका छैनौँ।’ एक वर्षमा बैठक भत्तामा १८ लाख रुपैयाँ खर्च हुने बन्दीपुर–१ का वडाध्यक्षसमेत रहेका उनले बताए।

त्यसैगरी, अवलोकन भ्रमणबापत एक वर्षमा खर्च गरिने रु १५ लाखसमेत विकास निर्माणमा उपयोग भएको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए। ‘जनप्रतिनिधिका लागि भ्रमण भत्ताबापत छुट्याइएको ६ लाख रुपैयाँ खर्च भएको छैन’, उनले भने, ‘विकास–निर्माणका काममा भत्ता रकमबाट ठूलो सहयोग मिलेको छ।’

प्रकाशित: २९ असोज २०८१ १६:५७ | Tuesday, October 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast