पत्रकार महासंघको चुनाव मंसिर २८ गते

हिमाल प्रेस २० असोज २०८१ १७:०८
6
SHARES
पत्रकार महासंघको चुनाव मंसिर २८ गते

काठमाडौँ- नेपाल पत्रकार महासंघको चुनाव मंसिर २८ गते हुने भएको छ। प्रदेश तथा जिल्ला अध्यक्षहरूको भक्तपुरमा सम्पन्न राष्ट्रिय भलाले २८ मंसिरमा चुनाव गर्ने निर्णय गरेको हो।

यसअघि पटक–पटक मिति तोकिए पनि सदस्यता वितरणमा सहमति नजुट्दा महासंघको निर्वाचन स्थगित हुँदै आएको छ।

महासंघले पहिलोपटक जेठ २६ का लागि निर्वाचनको मिति घोषणा गरेको थियो। तर, सदस्यता वितरणमा सहमति नजुटेपछि तीनपटकसम्म मिति थपिए पनि चुनाव हुनसकेको छैन।

राष्ट्रिय भेलाले महासंघको केन्द्र, प्रदेश र जिल्ला गरी तीनै तहको निर्वाचन मंसिर २८ मा गर्ने निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिए।

त्यस्तै सदस्यतामा देखिएको विवाद समाधानका लागि भेलाले तय गरेको विधिमा रहेको २०८१ कात्तिक मसान्तभित्र विवाद टुंगो लगाउने निर्णय भएको उनले बताए।

केन्द्रीय प्रतिनिधि, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्ष सम्मलित टोलीलाई सदस्यता विवाद टुंग्याउन जिम्मेवारी दिइएको बताइएको छ।

कात्तिक मसान्तभित्र टुंगो लागेको नामावली लगत्तै निर्वाचन समितिलाई हस्तान्तरण गर्ने निर्णय भेलाले गरेको छ।

प्रकाशित: २० असोज २०८१ १७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =