‘किशोर श्रेष्ठको पक्राउ संविधानविरुद्ध छ’

हिमाल प्रेस २८ साउन २०८३ १०:३४ | Thursday, August 13, 2026
2
SHARE
‘किशोर श्रेष्ठको पक्राउ संविधानविरुद्ध छ’

काठमाडौँ- नेपाल पत्रकार महासंघले पत्रकार किशोर श्रेष्ठको विनाशर्त रिहाइको माग गरेको छ। पत्रकार महासंघले समाचारमा चित्त नबुझेका विषयमा हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपाललाई भए पनि यसको दुरुपयोग गर्दै सरकारी संयन्त्र प्रयोग गरेर पक्राउ गर्ने कार्य संविधानविरोधी गतिविधि भएको उल्लेख गरेको छ। ‘यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको छ।’ महासंघले विज्ञप्तिमार्फत भनेको छ।

महासंघका महासचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा सरकारले श्रेष्ठको पक्राउ गरेर स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गरेको छ।  महासंघले पक्राउलगत्तै समाचारको स्रोत खोज्न प्रहरीबाट गएराति १ बजेतिर उनको घरमा र आज बिहानै कार्यालयमा खानतलासी गरिएको समेत आफूलाई जानकारी आएको बताएको छ।

‘यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको महासंघको बुझाइ छ । महासंघ सरकारको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै कडा भर्त्सना गर्दछ ।’ जनआस्था साप्ताहिकका सम्पादक  श्रेष्ठ हिजो राति ललितपुरस्थित निवासबाटै पक्राउ परेका हुन्।

प्रकाशित: २८ साउन २०८३ १०:३४ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast