‘यो दसैँमा नुनको अभाव छैन’

हिमाल प्रेस २० असोज २०८१ ९:५५
10
SHARES
‘यो दसैँमा नुनको अभाव छैन’ नुन।

जुम्ला- स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि नागरिकलाई सहज भएको छ। यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न एक हजार खर्चेर सदरमुकाम खलंगा पुग्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ।

तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार यहाँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनले स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घरलगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरको बताए। ‘यो दसैँमा नुनको अभाव छैन,’ उनले भने।

साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति भएको जानकारी दिँदै सदरमुकाम खलंगाको गोदाममा एक हजार एक सय ६० क्विन्टल नुन मौज्दात रहेको बताए।

चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक–एक हजार क्विन्टल र सदरमुकाम खलंगाको डिपोमा चार हजार क्विन्टल नुनको कोटा तोकिएको प्रमुख थापाले जानकारी दिए।

प्रकाशित: २० असोज २०८१ ९:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + six =