 गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे।  फाइल तस्बिर
                             गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे।  फाइल तस्बिर
                                            कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धानात्मक र जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताएका छन्।
पोखरा-३२ स्थित गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवनको शनिबार शिलान्यास गर्दै मुख्यमन्त्री पाण्डले सीपमूलक शिक्षा दिन सक्यौँ भने मात्र शिक्षित युवालाई स्वदेशमा रोक्न सकिने धारणा राखे।
विश्वविद्यालयले गर्ने अनुसन्धानको विषय नयाँनयाँ हुनुपर्ने भन्दै उनले विश्वविद्यालयले दिने शिक्षा गुणस्तरीय र सीपमूलक भएमा स्वरोजगार बन्न सक्ने बताए।
गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गण्डकी विश्वविद्यालय सीमित स्रोत र साधनमा सञ्चालन हुँदै आएको बताउँदै उनले सधैँ सरकारले बजेट दिन नसक्ने हुँदा विश्वविद्यालय आत्मनिर्भरतातर्फ अगाडि बढ्नसमेत उनले सुझाव दिए।
समयमा भवन निर्माण सम्पन्न गरी प्रभावकारी व्यवस्थापनसहित काम गरी अगाडि बढ्न उनले विश्वविद्यालय परिवारलाई आग्रह गरे। विश्वविद्यालयमा राजनीति हुन नहुने भन्दै उनले विद्यार्थीका चाहना पूरा हुनेगरी शिक्षामा केन्द्रित हुन सबैलाई सुझाव दिए।
गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले बजारको मागलाई ध्यान दिँदै विश्वविद्यालयले आफ्ना पाठ्यक्रमको विकास गर्नुपर्ने बताए। प्राविधिक र सीपमूलक शिक्षाले देशको बेरोजगारीलाई कम गर्न सकिने भनाइ उनको भनाइ छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
 