प्राकृतिक विपद् पीडितलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : माधव नेपाल

हिमाल प्रेस २० असोज २०८१ ८:००
8
SHARES
प्राकृतिक विपद् पीडितलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ : माधव नेपाल माधवकुमार नेपाल। फाइल तस्बिर।

जनकपुर‍- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनताका समस्यालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन्।

शनिबार धनुषाको लालगढमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन जाने क्रममा जनकपुरधाम विमानस्थलमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले सो कुरा बताएका हुन्।

उनले बाढीपहिरो र डुबान पीडितलाई सरकारको ध्यान अझै नपुगेको बताए।

उनले भने,‘अविरल वर्षा र बाढीका कारण देशवासी आक्रान्त छन्। सरकारले प्राथमिकताका आधारमा विशेष योजना बनाएर राहत वितरण र पुनःस्थापनामा लाग्नुपर्छ।’

बाढीपहिरोले घरबारविहीन बनेका नागरिकलाई तत्काल राहत र पुनःस्थापनाको काम गम्भीरतापूर्वक गर्नुपर्ने सुझाव दिँदै अध्यक्ष नेपालले वर्षाको सम्भावना अझै बाँकी रहेकाले जनता तथा सरकार सचेत हुनुपर्नेमा बताए।

प्रकाशित: २० असोज २०८१ ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =