सडक अवरुद्धको असर पाथीभरा मन्दिरमा, नवरात्रमा पनि सुनसान

हिमाल प्रेस १८ असोज २०८१ ९:३५
28
SHARES
सडक अवरुद्धको असर पाथीभरा मन्दिरमा, नवरात्रमा पनि सुनसान

ताप्लेजुङ- हरेक वर्ष नवरात्रमा सधैँ भक्तजनको भीडभाड हुने पाथीभरा देवीस्थान यो वर्ष सुनसान छ। हालैको बाढीपहिरोले मेची राजमार्ग र अन्य सडक अवरुद्ध हुँदा दर्शनार्थी घटेका हुन्।

दसैँको पहिलो दिन घटस्थापनामा ६३ जना दर्शनार्थी पाथीभरामा पुगे। गत वर्ष सोही दिन एक हजार एक सय ४८ जना दर्शनार्थीले पूजार्चना गरेका थिए।

बाढीले मेची राजमार्गअन्तर्गत हेवाखोलाको बेलीब्रीज बगाएपछि यातायात अवरोध भएको छ भने तमोर करिडोरमा पहिरो खसेपछि यातायातका साधन चलेका छैनन्।

देशका प्रमुख शक्तिपीठमध्येको एक पाथीभरामा बडादसैँ र चैतेदसैँमा धेरै भक्तजन आउँछन्। विगतमा भारतका साथै मुलुकका विभिन्न स्थानबाट वार्षिक तीन लाख भक्तजन आउने गरेका थिए।

प्रकाशित: १८ असोज २०८१ ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 1 =