अतिरिक्त कक्षाका नाममा शुल्क लिने निजी विद्यालयलाई महानगरले पठायो पत्र

हिमाल प्रेस १४ असोज २०८१ १३:४६
84
SHARES
अतिरिक्त कक्षाका नाममा शुल्क लिने निजी विद्यालयलाई महानगरले पठायो पत्र

काठमाडौँ- अनुमतिबिना अतिरिक्त कक्षाका नाममा शुल्क लिने निजी विद्यालयप्रति अभिभावकले गुनासो गरेका छन्। काठमाडौँ महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले अतिरिक्त कक्षाका नाममा मनपरी शुल्क उठाउन थालेपछि अभिभावकले महानगर गुहारेका हुन्।

महानगरले आइतबार निजी विद्यालयलाई पत्र लेख्दै अतिरिक्त कक्षा अनिवार्य नगराउन र अतिरिक्त कक्षामा सहभागी हुन सहमति जनाएका विद्यार्थीलाई सहुलियत दरमा शुल्क लिने गरी मात्र अतिरिक्त कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न अनुरोध गरेको छ।

महानगरका शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ,‘काठमाडौँ महानगरपालिकाअन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयले विद्यार्थीलाई अतिरिक्त कक्षाको नाममा विद्यार्थी तथा अभिभावकलाई बाध्य पारी अतिरिक्त शुल्क लिएको भनी सम्बन्धित अभिभावकको जनगुनासो प्राप्त भएकाले यस महानगरपालिकाको ध्यानाकर्षण भएको छ। अभिभावक तथा विद्यार्थीको सहमतिबिना त्यस्ता अतिरिक्त कक्षा अनिवार्य नगराउनु हुन र अतिरिक्त कक्षामा सहभागी हुन सहमति जनाएका विद्यार्थीलाई सहुलियत दरमा शुल्क लिने गरी मात्र अतिरिक्त कक्षा सञ्चालन गर्ने व्यवस्था हुनका लागि अनुरोध छ।’

प्रकाशित: १४ असोज २०८१ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − nine =