काठमाडौँ- आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार छ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ।
यस्तै, चाँदीको मूल्य तोलामा पाँचले घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ।
प्रकाशित: १४ असोज २०८१ ११:४३ | Monday, September 30, 2024
प्रतिक्रिया



