नेपाली सेनाद्वारा हेलिकप्टरबाट १३७ जनाको उद्धार

हिमाल प्रेस १३ असोज २०८१ १७:३७
12
SHARES
नेपाली सेनाद्वारा हेलिकप्टरबाट १३७ जनाको उद्धार

काठमाडौँ- नेपाली सेनाले आइतबार बाढीपहिरोमा फसेका १३७ जनाको उद्धार गरेको छ। सेनाले बाढीपहिरोमा परी विभिन्न ठाउँमा फसेकाहरूलाई हेलिकप्टरबाट उद्धार गरेको हो।

काभ्रेपलाञ्चोकको मंगलटार क्षेत्रबाट १२२, पनौतीबाट ४, तेमाल क्षेत्रबाट ८ र सिन्धुपाल्चोकको चौरीदेउराली तथा दोलालघाटबाट ३ जनाको उद्धार गरिएको सेनाले जनाएको छ।

बिहीबारदेखि लगातार तीन दिनसम्म भएको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी हालसम्म १४८ जनाको मृत्यु, ५९ जना बेपत्ता र ६० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ।

त्यस्तै बाढी पहिरोमा परेका ३ हजार ३३६ जनाको सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: १३ असोज २०८१ १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =