बाढी हेर्न गएका किशोर बगे, बालिकाको जीवितै उद्धार

हिमाल प्रेस १२ असोज २०८१ २०:०८ | Saturday, September 28, 2024
बाढी हेर्न गएका किशोर बगे, बालिकाको जीवितै उद्धार

जलेश्वर- महोत्तरीको गौशाला नगरपालिका–८ कुसमारीमा अवस्थित सोनी खोलामा आएको बाढी हेर्न गएका एक किशोर र एक बालिकालाई बाढीले बगाउँदा किशोरको मृत्यु भएको छभने बालिकाको जीवितै उद्धार गरिएको छ।

आज दिउँसो करिब १ बजे स्थानीय नारायण साहका छोरा १६ वर्षीय रोहन साह र नागेन्द्र महतोकी छोरी ११ वर्षीया करिना महतो सोनी खोलामा आएको बाढी हेर्न गएको बेला उनीहरूलाई खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले बताए।

बाढीले बगाएकी बालिका करिनालाई ५०० मिटर तल झाडीबाट प्रहरीले जीवितै उद्धार गरेको छभने किशोर रोहनको आज दिउँसो ४ बजे मृत्यु भएको अवस्थामा साढे तीन किलोमिटर तल खोलामै शव परेको थियो।

त्यसैगरी, जिल्लाको बर्दिबास नगरपालिका–११ स्थित खयरमारा नदीमा अन्दाजी २१ वर्षीय पुरुषको शव माथिबाट बाढीले बगाएर ल्याएको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक जैसवारले जानकारी दिए।

प्रकाशित: १२ असोज २०८१ २०:०८ | Saturday, September 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast