यी स्थानमा छ खोलाको ‘बढी जोखिम’

हिमाल प्रेस १२ असोज २०८१ १७:२१
6
SHARES
यी स्थानमा छ खोलाको ‘बढी जोखिम’

काठमाडौँ- देशभर यतिबेला वर्षा भइरहेको छ । वर्षाका कारण विभिन्न नदीको जलसतह बढ्दो क्रममा रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार अपराह्न साढे ३ बजेको मापनअनुसार विभिन्न १४ स्थानमा नदीहरूको जलसतह खतराको तहभन्दा माथि रहेको छ ।

चितवनको देवघाटमा नारायणी नदीले जलसतह खतराको तह पार गरेको छ । यसले सो क्षेत्रमा डुबान भइरहेको छ।त्यस्तै, काठमाडौँको बालकुमारीमा मनहरा खोलाको जलसतह खतराको तहभन्दा माथि रहेको छ । भक्तपुरको कौशलटारमा हनुमन्ते खोला र ललितपुरको खोकनामा बागमती नदीको जलसतह खतराको तहभन्दा माथि रहेको छ ।

त्यस्तै, रौतहट, बारा, धनकुटा, भोजपुर, सिन्धुपाल्चोक, सुन्सरीलगायत क्षेत्रमा पनि नदीहरूको जलसतह खतराको तहभन्दा माथि छ ।

प्रकाशित: १२ असोज २०८१ १७:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =