कुलेखानी ड्याम भरियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

हिमाल प्रेस ११ असोज २०८१ १७:४६
20
SHARES
कुलेखानी ड्याम भरियो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– लगातारको झरीपछि कुलेखानी जलविद्युत आयोजनाको ड्याम ड्याम भरिएको छ। कुलेखानी गाउँपालिका मकवानपुरले सार्वजनिक सूचना जारी गरेर जलविद्युत आयोजनाको ड्यामको ढोका जुनसुकै बेला खोल्न सकिने अवस्था रहेकोले आसपासका स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

‘अहिले परिरहेको अविरल वर्षाका कारण कुलेखानी इन्द्रसरोवर ताल पुरै भरिने अवस्था छ। कुलेखानी प्रथम जलविद्युत केन्द्रको जानकारीअनुसार सो ताल भरिएपछि ओभरफ्लो हुने तथा ड्यामको ढोका जुनसुकै बेला खोल्न सकिने अवस्था आउने भएकाले कुलेखानी आसपास घर भएका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दाहरू नदी आसपास नजानुहुन जानकारीका लागि अनुरोध गरिन्छ,’ गाउँपालिकाले भनेको छ।

पालिकाले उच्च सतर्कता अपनाइ सुरक्षित स्थानमा बस्न पनि सबैलाई आग्रह गरेको छ। यो देशकै सबैभन्दा ठूलो  जलाशयुक्त परियोजना पनि हो।  कुलेखानी प्रथम ६०, दोस्रो ३२ र तेस्रो १४ मेगावाट क्षमताको आयोजना हो।

प्रकाशित: ११ असोज २०८१ १७:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 3 =