काठमाडौँ उपत्यकाका नदीले पार गर्‍यो खतराको तह

हिमाल प्रेस ११ असोज २०८१ १६:१० | Friday, September 27, 2024
काठमाडौँ उपत्यकाका नदीले पार गर्‍यो खतराको तह फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ उपत्यकाका नदीहरूमा आएको बाढीले खतराको तह पार गरेको छ। उपत्यकाका नदीहरूले खतराको तह पार गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले जनाएअनुसार काठमाडौँ उपत्यकाका बागमती नदीको खोना, गौरीघाट, बल्खुमा खतरा तह पार गरेको हो।

त्यस्तै बलम्बु र विष्णुमतीमा पनि बाढीले खतराको तह पार गरेको छ। पानीको सतह निरन्तर बढिरहेकाले त्यस क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

त्यस्तै सप्तरीमा कोशी, मोरङमा केशहलिया, झापामा कन्काई र मेची, उदयपुरमा कोशी, सप्तरीमा बलान नदीले पनि खतराको तह पार गरेको विभागले जनाएको छ।

मनसुनस सक्रिय भएपछि काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको छ।

प्रकाशित: ११ असोज २०८१ १६:१० | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast